देशबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै सिङ्गापुरमा उजुरी दर्ता भएको छ ।
श्रीलङ्कामा दशक लामो गृहयुद्धका क्रममा राजापाक्षेले दमन गरेको भन्दै उहाँलाई पक्राउ गर्न एक अधिकारवादी समूहले सिङ्गापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । इन्टरनेशनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट संस्थाले दर्ता गराएको उजुरीमा पूर्वराष्ट्रपति राजापाक्षे रक्षा प्रमुख भएको बेला सन् २००९ मा आम नरसंहार र मानव अधिकारका थुप्रै घटना भएको आरोप लग...