चितवनको खैरहनीमा कृषि उपज बजार

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकाले कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याएको छ । यसअघि नै निर्माण सम्पन्न भए पनि कोरोना लगायत कारणले सञ्चालनमा ढिलाइ भएको  थियो । फलफूल तथा तरकारी मूल्य विकास श्रृंखला आयोजना, घरेलु तथा साना उद्योग कार्यालय र नगरपालिकाको लागत साझेदारीमा कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याइएको हो । नगरपालिका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार कृषि उपज केन्द्र निर्माणमा आयोजनाको २० लाख, घरेलु उद्योग कार्यालयको १० लाख र नगरपालिकाको २७ लाख ४१ हजार रुपैयाँ लगानी भएको छ । किसानले उत्पादन गरेका कृषि उपजको विक्रीवितरण सहज बनाउने उद्देश्यले कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो । बजारले कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण र मूल्यमा एकरूपता कायम राख्न सघाउ पुग्ने अपेक्षा नगरपालिकाको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले किसानलाई प्रत्यक्ष फाइदा पुग्नेगरी कृषि तथा पशुपालन बजार सञ्चालनमा ल्याइएको बताए । खैरहनीमा नगरपालिकाको तरकारी संकलन समेत यहाँबाट हुनेछ । कृषि बजार उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले नेपालमा खोलिएका कृषि उपज केन्द्र अन्य प्रयोजनका लागि प्रयोग भइरहेकाले यसबाट सचेत हुन नगरपालिकालाई आग्रह गरे । केन्द्रमा ४६ ओटा स्टल र ६ ओटा सटर छन् । उपज केन्द्र प्रत्येक साताको सोमवार र बिहीवार मात्र सञ्चालनमा ल्याइनेछ । ६ ओटा सटर भने नियमित सञ्चालन गर्ने तयारी छ ।

सम्बन्धित सामग्री

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।...

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।...

सिन्धुलीको कृषि उपज बजारका २५ वटा सटर खाली

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् । संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन […]

धरानको कृषि उपज बजार आठौंपटक उत्कृष्ट घोषित

धरान (अस) । मुलुकभरका ११ ओटा संघीयस्तरका कृषि बजारमध्ये धरानको कृषि उपज बजार स्थल आठौंपटक उत्कृष्ट घोषित भएको छ । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिए । धरान कृषि बजार २०७५ सालयता लगातार उत्कृष्ट घोषित हुँदै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्यांकन गरेर वर्षेनि थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सबैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल बनेको वताए । उनले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै अन्तरराष्ट्रियस्तरको बजार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

धरानमा दशैंको अवधिमा सात करोडको खसीबोकाको कारोवार

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र...

तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घट

कृषकलाई छैन बजारको समस्या

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागु गरिएको भएपनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानहरुले बताएका छन् ।गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानहरुले बताएका छन् । जिल्लाको जलजला गाउँपालिका ७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै […]

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरे । उक्त क्यूआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताल

लिमचुङबुङमा कृषि उपज बजार

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाले साप्ताहिक (हटिया) कृषि उपज बजार सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा गत वर्षदेखि लागू ‘अध्यक्ष कृषि परियोजना’ कार्यक्रमअन्तर्गत उत्पादित कृषि उपजको व्यवस्थित बिक्री वितरण गर्न कृषि बजार सुरु गरिएको हो।

उदयपुरको लिमचुङबुङमा कृषि उपज बजार सञ्चालन

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाले साप्ताहिक (हटिया) कृषि उपज बजार सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा गतवर्षदेखि लागु ‘अध्यक्ष कृषि परियोजना’ कार्यक्रम अन्तर्गत उत्पादित कृषि उपजको व्यवस्थित विक्री वितरण गर्न कृषि बजार सुरु गरिएको हो।