बैतडी : बैतडीको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा चिकित्सक आएका छन्।केन्द्रले डेढ वर्षपछि चिकित्सक पाएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन्। एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले समस्या खेपिरहेका थिए।नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना चिकित्सक प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने गरेर छनौट भएका हुन्। उनले भनिन्, ‘नगरपालिकाको लामो प्रयासपछि