पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान बनाउन थालियो

म्याग्दी : जिल्लाको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान बनाउन थालिएको छ। जिल्लाको रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्‍यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो।हाइअल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरिएको छ। पहिलो चरणमा ग्याविन लगाउने तथा कटिङ गरिने झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी

सम्बन्धित सामग्री

टोड्केमा ‘हाइ अल्टिच्युड’खेलमैदान निर्माण शुरू

म्याग्दी (अस) । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरुआत भएको छ । समुद्री सतहदेखि २ हजार २०० मीटरको उचाइमा रहेको उक्त स्थानमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।    उच्च स्थानका भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगंगा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । ‘गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,’ उनले भने, ‘थप पूर्वाधार निर्माण शुरू गर्न ताकेता र समन्वय गरेका छौं ।’ टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनीषा निर्माण सेवासँग रू. २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । खेलमैदान निर्माण गर्न रू. ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।    ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रूपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जानकारी दिएको छ । रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दै खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य शुरू भएको हो ।    गुराँसको जंगलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेन्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेन्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिवमन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ ।    स्वर्गद्वारीको शाखा र शिवमन्दिरको जीर्णोद्धार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातŒव विभागमा प्रस्ताव गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगंगा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक वर्षमा रू. १ करोड २ लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण शुरू गरेको छ ।    झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रू. ५८ लाख २ हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रू. १ करोड १ लाख गरिएको थियो । रासस

नजिकै हिमाल देखिने टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण सुरू

आँखै अगाडि धौलागिरी, अन्नपूर्णसहित दर्जन हिमश्रृंखला देखिन्छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण सुरु भएको छ। म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नग...

टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालन

जिल्लाको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीनवटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो । “गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।” वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो । गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो ।