हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ निष्कासनमा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बुधबारबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्तासहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता […]

सम्बन्धित सामग्री

हिमालयन हाइड्रोको आईपीओ आउँदै, कसले दिन पाउँछन् आवेदन ?

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आगामी १५ असारमा निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्ने जनाएको हो ।

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जेठ २३, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि जेठ १६ गतेसम्मको मिति तय गरेको कम्पनीले पुनः मिति थप गरी जेठ २३ गतेसम्म कायम गरेको थियो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री खुला गरेको हो ।  प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुहरुले आवेदन दिन सक्नेछन् ।  शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ प्रदान गरेको छ ।  हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ ।  हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ । यस अवधिसम्म भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ । आईपीओ विक्री बन्दको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

हिमालयन हाइड्रोपावरको आईपीओ हालसम्ममा जम्मा साढे १८ % विक्री

जेठ २२, काठमाडौं ।  हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ हालसम्ममा जम्मा १८ दशमलव ६५ प्रतिशत विकेको छ । शुक्रवार बेलुकासम्ममा ४४० जनाले १ लाख ६७ हजार ९१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले गत वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।   कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति तय गरेकोमा उक्त अवधिमा पनि माग बमोजिम आवेदन नपरेकोेले पुनः जेठ २३ गतेसम्म आवेदन दिने समयअवधि थप गरिएको छ। यस आधारमा स्थानीय बासिन्दाले सोमवारसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरिरहेको छ ।  कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयका लागि विक्री खुला गरेको हो ।  प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की) माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  हाल संस्थापकतर्फ रू। ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात सर्वसाधारणमा कर्मचारीसहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापकतर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि पुनः थप

जेठ १६, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि पुनः थप भएको छ ।  कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति तय गरेकोमा उक्त अवधिमा पनि माग बमोजिम आवेदन नपरेकोेले पुनः जेठ २३ गतेसम्म आवेदन दिने समयअवधि थप गरेको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।  प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।  आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ ।  यस अवधिसमम भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थप

जेठ ८, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति कम्पनीले तय गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ । यस अवधिसमम भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरले स्थानीयको लागि आईपीओ निष्कासन गर्दै

वैशाख १६, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८ दशमलव २२ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कान गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

हिमालयन हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

वैशाख ४, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको हो । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्नका लागि स्वीकृति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।  साथै कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । यस्ता कम्पनीहरुमा उच्च के्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनिय सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।

हिमालयन हाइड्रोपावरले गरायो इक्रा नेपालमा रेटिङ

वैशाख २, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्वा पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।  यस्ता कम्पनीहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य के्रडिट विश्वसनिया सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।  साथै, कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि  निष्कासन गर्नेछ, त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।