काठमाण्डाै – स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जकाे जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गएकाे मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बा...