नेकपा एमाले छाडेसँगै नयाँ पार्टी गठन गरेका रौतहट ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले परिवर्तनकारी शक्तिहरुसँग एकताको नीति लिएका छन् । त्यसका लागि साहले तीन सदस्यीय वार्ता समिति समेत गठन गरिसकेका छन् । बिहीबार मात्रै राजधानीमा एक भेला आयोजना गरेर साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेर ५१ सदस्यीय तदर्थ समिति घोषणा गरेका थिए । उनले पार्टीको सात प्रदेश समिति, ९ जनवर्गीय समिति र ६ सदस्यीय विभाग समेत गठन गरिसकेका छन् । उनलाई एमालेकै पूर्वनेता बद्री न्यौपानेले बलियो साथ दिँ