जनकपुरधाम : जनकपुरबाट अक्सिमिटरमा कालोबजारी गरेको अक्सिजन सिलिन्डर लुकाएको आरोपमा दुईजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा बिनिता सर्जिकल स्टोरका संचालक भुप नारायण साह र अक्सिजन सिलिन्डर लुकाएर राखेको आरोपमा कबाडी सेन्टरका संचालक भोला साहलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मर्केन्द्र मिश्रले सर्जिकल स्टोरका संचालक साहलाई स्टोरबाट पक्राउ गरिएको जानकारी दिए। साहले एक हजार दुईसय रुपैयाँमा पाइने अक्सिमिटर तीनहजार...