प्रहरीले अक्सिजन सिलिन्डर कालोबजार गर्ने तीन जनालाई नगदसहित महालक्ष्मीथानबाट रंगेहात प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् ।