राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गरेको छ ।
एमालेबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेत र दलिततर्फ स्याङ्जाका अर्जुन सुनामले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले एक्लै र सत्तारुढ गठबन्धनका अन्य दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।