राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।धनगढीस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरिएको हो । गठबन्धनबाट नेपाली काँग्रेसका नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादीबाट गरिमा शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।केहीबेर अघि एमालेले पनि तीन वटै सीटमा उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका