हेटौंडा । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् ।&nb