जनकपुरधाम : उच्च अदालत जनकपुरले धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उपस्थित भई वयान दिन आदेश दिएको छ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउन २८ गते हंसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको केशवकुमार अधिकारीलाई नगरपालिकामा हाजिर हुन नगरप्रमुख मण्डलले रोकेका थिए। हाजिर हुन नदिएपछि अधिकारले आफूलाई कार्यालयमा हाजिर हुन नदिएको भन्दै उच्च अदालतमा रिट पेश गरेका थिए। उक्त रिटमा अदालतले साउन ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगा