झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । कोरोना संक्रमणका कारण खाम्याहाङको निधन भएको प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमल्सिनाले बताए । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार गराइरहेका खाम्याहाङको आज २ बजेर ३० मिनेटमा निधन भएको थियो । बैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनी केही दिन क्वार्टरमा र दुई दिन नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेका थिए ।स्वास्थ्यमा थप समस्या देखिएपछि खाम्याहाङलाई बैशाख १७