पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : धेरै स्थानमा वर्षा र हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।मंगलबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु ह

सम्बन्धित सामग्री

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ।  आइतबार देशभर बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै...

हिमपातले मनाङको खोप अभियान प्रभावित

मनाङ– पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार माथिल्लो मनाङ र […]

पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै‚ आजदेखि मौसम सुधार हुने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।तर‚ बिहीवारदेखि लगातार वर्षा र हिमपात गराएको पश्चिमी न्यून चापीय प्रणाली आजदेखि भने कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।मानन्धरले शनिवार बिहा

वर्षामा पनि व्यस्त काठमाडौं (फोटोफिचर)

काठमाडौं । काठमाडौंलगायत देशका धेरै स्थानमा आज वर्षा र हिमपात भइरहेको छ ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे । दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे […] The post काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चिसो बढ्यो, देशका विभिन्न स्थानमा हुस्सु

काठमाडौं : अहिले बिहान मौसम बदली भई बिभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  यी प्रदेशका केहि स्थानमा दिउँसोपख हल्का वर्षा र हिमपात हुने उनले बताए। पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असरका कारण हिजो बेलुका काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी , कर्णा

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौंः नेपालमा फेरि शुक्रबार वर्षा र हिमपात गराउने प्रणाली प्रवेश गर्न लागेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने संकेत देखिएको मौसम पूर्वानुमान ...

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, फेरि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौंः वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि ...