आज अर्को पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, फेरी वर्षा र हिमपात हुने

आज मंगलबार रातीबाट नेपालमा अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आज  मंगलवार रातीदेखि पश्चिमी नेपालबाट न्यून चापीय प्रणाली प्रवेश गर्ने र यसले वर्षा र हिमपात गराउने जानकारी गराएको हो ।विभागका अनुसार उक्त प्रणालीको प्रभावले बुधबार देखि शनिबार सम्म देशको सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने छ ।शनिबार सम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको विभागले जनाएको छ।यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ।  आइतबार देशभर बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै...

हिमपातले मनाङको खोप अभियान प्रभावित

मनाङ– पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार माथिल्लो मनाङ र […]

पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै‚ आजदेखि मौसम सुधार हुने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।तर‚ बिहीवारदेखि लगातार वर्षा र हिमपात गराएको पश्चिमी न्यून चापीय प्रणाली आजदेखि भने कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।मानन्धरले शनिवार बिहा

वर्षामा पनि व्यस्त काठमाडौं (फोटोफिचर)

काठमाडौं । काठमाडौंलगायत देशका धेरै स्थानमा आज वर्षा र हिमपात भइरहेको छ ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

हिउँदे झरीले रुझायो (तस्बिहरु)

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा यतिबेला वर्षा भइरहेको छ। उच्च पहाडि भेग र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। वर्षासँगै जाडो बढेपछि जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । […]

काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे

काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे । दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे […] The post काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चिसो बढ्यो, देशका विभिन्न स्थानमा हुस्सु

काठमाडौं : अहिले बिहान मौसम बदली भई बिभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  यी प्रदेशका केहि स्थानमा दिउँसोपख हल्का वर्षा र हिमपात हुने उनले बताए। पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असरका कारण हिजो बेलुका काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी , कर्णा

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौंः नेपालमा फेरि शुक्रबार वर्षा र हिमपात गराउने प्रणाली प्रवेश गर्न लागेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने संकेत देखिएको मौसम पूर्वानुमान ...

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, फेरि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौंः वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि ...