काठमाडाैँ – बुटवल पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। हालै सम्पन्न भएको कम्पनीको ३१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो […]