पालिकाका कर्मचारीको सरुवा स्थगित

काठमाण्डाै - सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो । पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गर्‍यो ५६ जना कर्मचारीको सरुवा (को कहाँ?)

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।

विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव …

सर्वोच्च अदालतले गर्यो २६४ कर्मचारीको सरुवा (सूचीसहित)

सर्वोच्च अदालतले कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरेको हो ।१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो । उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ– सर्वोच्च अदालतले ठूलो सङ्ख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायब सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त सङ्ख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

स्थानीय तहका कर्मचारीको सरुवा तयारी

काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा तयारी थालिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ठुलो सङ्ख्यामा स्थानीय तहका कर्मचारीको काज सरुवामा जुटेको हो ।  ‘एक-दुई दिन भित्रै सूची सार्वजनिक गर्ने तयारी छ’, सिंहदरवार प्रशासन स्रोतले भन्यो, ‘केही दिनदेखि नामावलीहरू मिलाउने काम भइरहेको छ’  यसअघि विभिन्न चरणमा गरी ठुलो सङ्ख्यामा स्थानीयका कर्मचारीको सरुवा भइसकेको […]

स्थानीय तहका ५१४ कर्मचारीको सरुवा

काठमाडौँ । ​सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत पाँच सय दुई जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आइतबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवा गरेको हो। यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको मन्त्रालयले पुस ७ मा थप दुई सय […]

आफू मातहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार

गृह मन्त्रालयले आफू अन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू  मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो । केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्ट लगायतका कामहरु सहजढंगबाट सम्पादन हुन कठिनाई भइर

एकैपटक १० कर्मचारीको सरुवा, कामकाज प्रभावित

बैतडी : दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्

स्थानीय तहका २३२ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको छ।लोकसेवा आयोगबाट सिफारिस भई विभिन्न स्थानीय तहमा कार्यरत दुई सय ३२ कर्मचारीको मन्त्रालयले आज सरुवा गरेको हो।कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर २१ गते पनि मन्त्रालयले एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो।‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गर

न्याय सेवाका ८६ कर्मचारीको सरुवा

न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो।