५ लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने तयारी

असोज ११, काठमाडौं । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ ।  गत वर्षको तुलनामा करीब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको सोमवार आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।  मलखाद व्यवसायी संघ नेपालको पाँचौं साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ सोमवार आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष रू. १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रू. १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिए ।  अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गरे । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पुर्‍याउनु पर्नेमा उनले जोड दिए ।  सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पुर्‍याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल विक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उनले बताए । रासस

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङद्वारा रासायनिक मल आयात, २५ सय टन मल आयो, १९ हजार टन आउँदै

बजारमा अभाव भएर किसानले रासायनिक मल पाउन नसकिरहेको अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनले युरिया मल आयात गरेको छ।...

तथ्यांकोवाच : १० महीनामा रू. १४ अर्बको रासायनिक मल आयात

काठमाडौं (अस) । चालू आर्थिक वर्षको प्रथम १० महीनामा रू. १४ अर्बको रासायनिक मल आयात भएको छ । रासायनिक मल आयातमा घट्दो प्रवृत्ति, स्वदेशमा रासायनिक मल उत्पादन हुन नसक्नु र रासायनिक मलको प्रयोगविना उत्पादन हुन नसक्ने गरी माटोको चरित्र परिवर्तन भइसकेका कारण यसको आयातमा व्यवधान आउँदा मुलुकको खाद्य सुरक्षामै गम्भीर असर पर्ने देखिन्छ । रूस–युक्रेन तनाव कारण रासायनिक मल आपूर्तिमा समस्या आइरहेको सन्दर्भमा रासायनिक मलको सहज आपूर्ति सबैको चिन्ताको विषय बन्न पुगेको छ ।

चीनबाट आउन थाल्यो रासायनिक मल

काठमाडौं । खेतीपातीको समयमा सधै रासायनिक मलको अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ । छिमेकी भारत र बंगलादेशपछि अब मित्र राष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ । उत्तरको मुखय नाका भएर शुक्रबारसम्म ५ सय ३९ मेट्रिक टन रासायनिक (युरिया) मल राजधानी भित्रिएको छ । चीनबाट रासायनिक मल आयात गर्न ग्लोबल […]

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ […]

चीनबाट रासायनिक मल भित्रिँदै

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो पटक एक हजार ५ […]

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए ।शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली

चीनबाट रासायनिक मल आयातको निर्णय अलपत्र

२४ माघ, काठमाडौं । चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ । पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज-भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ । मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण ५० हजार मेट्रिकटन युरिया […]

रासायनिक मल आयात तथा वितरण व्यवस्थापनका लागि यस्तो छ कृषि मन्त्रालयको कार्ययोजना

काठमाडौँ । रासायनिक मल आयात तथा वितरण व्यवस्थित गर्न सरकारले कार्ययोजना बनाएको छ । मल आयातमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ११ बुँदे कार्ययोजना बनाएको हो ।  मल आयात र तथा वितरण व्यवस्थित गर्न नीति नियमहरू समयानुकूल परिमार्जन गर्नुपर्ने देखिएकाले सोही अनुरूप कार्ययोजना बनाएको मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । […]

२० अर्बको रासायनिक मल आयात

काठमाडौं। नेपालले चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा विदेशबाट २० अर्ब ३७ करोड रुपैयाँको मल आयात गरेको छ। भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको रासायनिक मल आयात भएको हो। नेपालले चीन तथा ओमान लगायतका देशबाट आवश्यकताअनुसार रासायनिक मलको आपूर्ति गर्दै आएको छ। नेपालबाट भने मलको निर्यात शून्य छ।

भारतबाट जीटुजीमार्फत रासायनिक मल आउने

लामो प्रयासपछि सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत रासायनिक मल ल्याउने तयारी गरेको छ ।मल आयात गर्नका लागि प्रस्ताव पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सरकारले भारतसँग सरकारी संयन्त्र (जीटुजी) मार्फत यो वर्ष एक लाख ५० हजार टन मल आयात गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालबाट आवश्यक कागजात भारत पठाइसकेको […]