काठमाडौँ – सद्भावको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार तराईमा मनाइने छ। साथीभाइ, आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ। बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। […]