नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँदैछ। हेर्नुहोस् काठमाण्डूमा खिचिएका १० तस्बिर।
काठमाण्डाै - भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ ।
इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । उहाँका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर ...
भादगाउँ : फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु ९चीर ठड्याए०सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ।वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ।भक्तपुरको तचपालस्थित दत्तात्रय म