दार्शनिक लेनिनले भनेका छन्, “मलाई युवाको एक पुस्ता देऊ ! म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।” युवा भनेको एक अजय शक्ति हो । युवा नवीन रचनालाई जन्म दिन सक्छन् अनि विश्वमा नै युगीन परिवर्तनको बिगुल फुक्न सक्छन् । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् । कुनै पनि देशको मेरुदण्ड भनेको युवा शक्ति हो । विश्वका अनेकौँ मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाट नै भएको कुरा सर्वविदितै छ । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकाले युवाको समुचित विकास नभई देशको विकास असम्भव छ । मानव जीवनकै सर्वाधिक ऊर्जाशील समयका रूपमा युवा अवस्थालाई लिइन्छ । युवाको अ