ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले भनिन्, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हु