चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।
नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभएको हो । उहाँले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो ।
‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हु...