सोमालिया, सुडान र भुटानसँग पनि नेपालको व्यापार घाटा
नेपालले व्यापार घाटामा सालिन्दा नयाँ नकारात्मक कीर्तिमान बनाइरहेको छ । देश यति परनिर्भर भइसकेको छ कि गृहयुद्धका कारण थिलोथिलो भएर पछाडि परेका थुप्रै अफ्रिकी मुलुकसँग समेत नेपालले घाटाको व्यापार गर्दै आएको छ ।
काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । […]
वीरगञ्ज – ०७९/८० को पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ९ प्रतिशतभन्दा बढीले घटेको छ। चालु वर्षको साउन र भदौ गरी दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९ दशमलव ४५ प्रतिशतले घटेको हो। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउन र भदौमा नेपाललाई २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार बराबरको वैदेशिक राष्ट्रहरूसित […]
काठमाडौं, फागुन ११ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही […]
काठमाडौँ– नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो। पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो […]
काठमाडौं।नेपालको १० औं ठूलो व्यापार घाटा दक्षिण अफ्रिकासँग छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण अफ्रिकासँग नेपालको व्यापार घाटा ११ अर्ब १६ करोड १०लाख५४हजार रुपैयाँ पुगको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ यो घाटा १०अर्ब ५८लाख ७९हजार रुपैयाँ थियो।एक वर्षमा दक्षिण अफ्रिकासँगको व्यापार घाटा एक अर्बभन्दा बढीले वृद्धि भएको छ।गत वर्ष दक्षिण अफ्रिकाबाट ११अर्ब १९करोड२९लाख१८हजार रुपैयाँको वस्तु नेपाल आएको थियो।
काठमाडौं। ल्याटिन अमेरिकी राष्ट्र पराग्वेसँग नेपालको व्यापार घाटा ५अर्ब९९ करोड ८१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष२०७७÷७८को पहिलो एघार महिनामा नेपालले सो आर्थिक घाटा ब्यहोरेको हो। उक्त अवधिमा नेपालबाट भने एक रुपैयाँको वस्तु पनि पराग्वे गएको छैन। पराग्वे र नेपालबीचको व्यापार एकतर्फी रहेको छ। पराग्वेबाट पछिल्लो ११महिनामा पाँचअर्ब ९९करोड७५ लाख५१ हजार रुपैयाँको कच्चा सोयाविन तेल भित्रिएको छ।
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १२ खर्ब६२ अर्ब ११ करोड९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ जेठसम्मको अवधिमा नेपालले सो व्यापार घाटा ब्यहोरेको हो। भन्सार विभागका अनुसार सो अवधिमा १३खर्ब८३अर्ब ३६ करोड४९ लाख२४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। सोही अवधिमा नेपालबाट एक खर्ब२१अर्ब २५करोड३९ लाख५९हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
काठमाडौं।क्यानडासँग नेपालको व्यापार घाटा १२ अर्ब २ करोड ३० लाख ६८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाख (१० महिना) सम्मको अवधिमा नेपालले सो व्यापार घाटा व्येहोरेको हो।सो अवधिमा क्यानडाबाट नेपालमा १२ अर्ब ७७ करोड ३६ लाख रुपैयाँको वस्तु आएको छ भने नेपालबाट ७५ करोड ५ लाख ३२ हजार रुपैयाँको वस्तु गएको छ।
कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५.८० प्रतिशतले कम हो