निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आउँदो निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने अनुमान गरेको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताए ।उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए । यस्तै निर्वाचन आयोगप्रति उत्तरदायी हुनेगरी निर्वाचन सुरक्षा प्रणालीको व्यवस्था गर्न लागेको पनि थपलिय
जीवनयापन खर्चमा भएको अत्यधिक वृद्धिले विश्वका अतिगरिब राष्ट्रका थप ७ करोड १० लाख मानिस चरम गरिबीको जोखिममा परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले बिहीबार प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वका १५९ विकासोन...
विन्दावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् । एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्
चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य
एजेन्सी, २१ पुस । कोरोना भाइरसको नयाँ संक्रमितको संंख्या फेरी बढ्दै गइरहेको छ । अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिएका छन् । एजेन्सीको अनुसार सोमबार मात्र अमेरिकामा १० लाख ८० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । संक्रमित भएका मध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट फेला परेको एजेन्सीले जनाएको छ । हालसम्म अमेरिकामा ५ करोड ८० लाख […]
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको […]
काठमाडौं : चीनले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा गरेको छ। पाकिस्तानको पहलमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीको भर्चुअल बैठकमा चिनियाँ विदेश मन्त्री वाङ यीले उक्त सहयोग घोषणा गरेका हुन्।तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, जाडोका सामग्री र खोपका लागि सहयोग उपब्ध गारउने वाङले बताएका हुन्। उनले चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको बताए ।तत्कालको मानवीय आवश्यकता पूर्ति र अराजकता अन्त्य
काठमाडौं। अर्थमन्त्रालयले कोरोना नियन्त्रण गर्न थप १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ। अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन किन्न उक्त बजेट छुट्याइएको हो। स्वास्थ्य मन्त्रालयले मागेअनुसार अर्थ मन्त्रालयले बजेट बिनियोजन गर्दै आएको छ।