काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका निलम्बित नायब सुब्बा शिवराज उपाध्यायले एक करोड १० लाख रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बझाङको सुर्मा गाउँपालिकामा कार्यरत रहँदा निलम्बनमा परेका उपाध्यायले कार्यरत रहेको समय अर्थात् २०५५ सालको भदौ २५ गतेदेखि २०७८ सालको चैत ३० गतेसम्म आर्जन गरेको सम्पत्ति र अहिलेकाे सम्पत्ति तथा खर्च विवरणकाे आधारमा एक करोड १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारले एक करोड १० लाख ६...