चीनद्वारा अफगानिस्तानलाई तीन करोड १० लाख डलर सहयोग

काठमाडौं :  चीनले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा गरेको छ। पाकिस्तानको पहलमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीको भर्चुअल बैठकमा चिनियाँ विदेश मन्त्री वाङ यीले उक्त सहयोग घोषणा गरेका हुन्।तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, जाडोका सामग्री र खोपका लागि सहयोग उपब्ध गारउने वाङले बताएका हुन्। उनले चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको बताए ।तत्कालको मानवीय आवश्यकता पूर्ति र अराजकता अन्त्य

सम्बन्धित सामग्री

आईएमई लाइफद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग गर्ने घोषणा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

युक्रेनका  विस्थापितलाई १० लाख युरो सहयोग

म्याड्रिड–स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख युरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् ।उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक: सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो । आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र […]

चीनले थप १० लाख कोभिडविरुद्धको खोप सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । As a part of […]

मेलम्ची बाढी प्रभावितलाई एक्सपर्टले दियो १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग गरेको छ।

मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।  अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् । सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए ।

बाली विज्ञान पठनपाठनका लागि पूर्वविद्यार्थीले गरे १० लाख सहयोग

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले १० लाख रूपैयाँ सहयोग गरेका छन्। तीन वर्षे बाली विज्ञान विषय पठनपाठनका लागि उनीहरुले सहयोग गरेका हुन्।रामकिरण राईको अध्यक्षतामा जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च गठन गरी सहयोग संकलन अभियान सञ्चालन भएको थियो। समूहले हालसम्म १० लाख रूपैयाँ आर्थिक सहयोग संकलन गरेको जनाएको छ।रकम शनिबार विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष रामकिरण राईले जानकारी द

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।

कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाण्डाै - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन...