जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ । बिहान र बेलुका  चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।  मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसाे पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।   

सम्बन्धित सामग्री

जुम्लाको तापक्रम माइनस २, जाडोले जनजीवन प्रभावित

जुम्ला- जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।  तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट...

जुम्लाको न्यूनतम तापक्रम माइनस २.६, बिरामी हुन थाले स्थानीय

तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् ।

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौंहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]

काठमाण्डौमा यसवर्षकै जाडो, न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डाै - पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको...

न्यूनतम तापक्रम लगातार घट्दै, जुम्ला र जोमसोमको तापक्रम माइनसमा

काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ  । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस  थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आजको न्यूनतम तापक्रम पौने ९ बजे मात्रै आउने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनु...

काठमाडौँको तापक्रम २.६ डिग्रीमा झर्‍यो

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ। शनिबार बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस छ। विगत केही दिनयता तापक्रम घट्दै आएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस […]

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ।बुधबार बिहान देशभरको मौसम सामान्यदेखि आंशिक बदली भएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार बिहान १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। यस्तै‚ जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ३

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।     दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए । रासस