काठमाण्डाै - माघको दोस्रो हप्तामै गर्मी बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी महसुस गर्न थालिएको छ ।
बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाण्डौमा पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । काठमाण्डौ उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ ।
त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि ता...