टी २० विश्वकप सुरु भइसकेको छ र आइतबार भारत तथा पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ । यी दुवै टोलीले एक–एकपटक टी–२० विश्वकप जितिसकेका छन् । तर, विश्वकपमा पाकिस्तानले कहिल्यै पनि भारतलाई हराउन सकेको छैन । दुई टोलीबीचका ५ भिडन्तमा पाँचवटैमा भारत विजयी भएको छ ।त्यही कारण यसपटक पनि भारत नै विजयी हुने अनुमान धेरैको छ । तर, पाकिस्तानसँग केही त्यस्ता खेलाडी छन्, जसले इतिहास बदल्नसक्छन् । अर्थात्, पाकिस्तानलाई विश्वकपमा भारतविरुद्ध पहिलो जित दिलाउन सक्छन् । विशेषगरी, यसपटक बाबर आजम