कोरोनासँग जुध्न भारतलाई चौतर्फी सहयोग

एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।

सम्बन्धित सामग्री

नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात गर्न भारतको सहयोग अनिवार्य हुने हुनाले बंगलादेशले नेपाल र...

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् ।  राष्ट्

कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

नयाँदिल्ली / कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।  महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध

बंगलादेशद्वारा भारतलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग

कोरोना महामारीसँग संघर्षरत भारतलाई बंगलादेशले बिहीबार रेम्डेसिभिरको १० हजार भाइल सहयोग गरेको छ । कोलकातास्थित बंगलादेशका सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् ।बंगलादेशले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा सहयोग सामाग्री भारत पठाइएको जनाएको छ । रेम्डेसिभिर कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको छ ।यसअघि अत्यावश्यक सामाग्री पनि सहयोग गर्ने प्रस्ताव बंगलादेशले गरेको जानकारी बुधबार भारतको विदेश मन्त्रालयले दिएको थिय

भारतलाई अष्ट्रेलिया क्रिकेटद्धारा ५० हजार डलर सहयोग

एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ’ उनले भनेका छन् ।यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप न

भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन

१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो । अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका […]

भारतलाई मेडिकल सामग्री सहयोग गर्ने पाकिस्तानको चाहाना

एजेन्सी। भारतमा कोरोनाका कारण संकट बढिरहेका बेला पाकिस्तानले सहयोग गर्ने चाहाना व्यक्त गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै महामारीको सामना गरिरहेको भारतलाई भेन्टिलेटर, बाइबास मेशिन, डिजिटल एक्स–रे मेशिन, पीपीई किटजस्ता सामग्री सहयोग गर्न चाहेको उल्लेख गरेको छ। विदेशमन्त्री शाह मोहमूद कुरैसीले ट्विटरमा ट्विट गर्दै पाकिस्तानले मानवलाई प्राथमिकता दिने बताएका छन् ।

भारतलाई खोप उत्पादन बढाउन वित्तीय सहयोग दिने क्वाडको तयारी

२६ फागुन, काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ । अमेरिकाका एक शीर्ष अधिकारीले आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने बताएका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार विशेषगरी नोभाभ्याक्स र जोन्सन […]