भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् । आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।“भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,” बुधबार उनले भने । भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । अभियान घोषणा समारोहमा उनले भने, “यो सबैको