वैशाख २२, काठमाडौं । पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता आकर्षण बढ्दो क्रममा रहेको छ । बुधवार अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा सर्किट लागेको छ ।
सर्किट लागेको १६ कम्पनीहरुमध्ये महिला लघुवित्त, विशाल बजार कम्पनी र समता लघुवित्त बाहेका कम्पनीमा सर्किट लेवलमा वृद्धि भएको हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गरेको पाइन्छ । सोही कारण मंगलवारको मार्केटमा लघुवित्त कम्पनीहरुको शेयर बढेको थियो ।
पुनः लगानीकर्ताहरु हाइड्रोको शेयर किनिरहेका छन् । हाइड्रोपावर कम्पनीको शेयरमूल्य थारै भएकाले धेरै कित्ता उठाएर छोटोमा समयमा नै अल्पकालिन लगानीकर्ताले आर्कषक प्रतिफल प्राप्त गर्ने गर्दछ । सोही कारण पनि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको हो ।
कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । बुधवार अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको हो । सोही कारण सो हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ ।
बुधवार सर्वाधिक शेयरमूल्य बढ्ने १६ ओटा कम्पनीहरु :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज