काठमाडौँ। सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबैलाई फिर्ता बोलाइएको हो। सरकारले नेपाललाई १६ सशस्त्र र २ जना जनपथ प्रहरी सुरक्षामा खटाएको थियो। पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाकर्मी फिर्ता गरिएको हो।
काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसरसहित विभिन्न सरकारी कार्यालयहरु आगजनी र तोडफोड भएका थिए। परिसरले प्रहरी कार्यालय आगजनी, तोडफोड तथा चोरी गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने कार्यमा संलग्न १४ जनालाई प्रकाउ गरेर अनुसन्धान थालिएको जनाएको […]