चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।