३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा पक्राउ

साउन १५, काठमाण्डौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हाृ । उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । ३३ किलो सुन तस्कर प्रकरणमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान […]

सम्बन्धित सामग्री

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त उप्रेती २ लाख धरौटीमा रिहा

पुस २३, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाई ३६ वर्षिय रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीवार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मंगलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधवार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए । २२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हुन् । अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।  भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारओटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।  मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।

३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।

३३ किलाे सुन काण्डमा फरार 'भाेजे मामा' पक्राउ

काठमाण्डाै – ३३ किलो सुन काण्डमा फरार रहेका 'भोजे मामा' भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

भोजे मामा : ३३ किलो सुन हराएको तीन वर्षपछि पक्राउ

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २

३३ किलो सुन प्रकरणका फरार अभियुक्त भण्डारी पक्राउ

काठमाडौंः ३३ किलो सुन प्ररकणमा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले झापा गौरादह नगरपालिका ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। शुक्रबार दिउँसो गौशालाबाट भण्डारीललाई विषेश सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। २०७४ माघ ९…

३३ किलो सुन काण्डमा फरार ‘भोजे मामा’ पक्राउ

चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी  र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।