झापाको आन्तरिक राजस्व कार्यालयमा उठ्यो ५० करोड राजश्व
३ असोज, झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव …
चितवन। भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
राजस्व शाखा प्रमुख रमेश जोशीका अनुसार चालू आवको पहिलो चार महीनामा राजस्व संकलन गत आवको सोही अवधिको तुलनामा सबैजसो शीर्षकमा बढेको छ । तर पनि वार्षिक लक्ष्य हासिल गर्न सहज भने छैन । ‘ठूला ठेक्का लगाउन बाँकी छ, घरबहाल कर र व्यवसाय करमा धेरै बल गरियो भने राजस्वको लक्ष्यमा पुग्न सकिएला,’ उनले भने, ‘महानगरको राजस्वको लक्ष्य नै ठूलो छ, करको दायरा बढाउन सके लक्ष्य भेट्न सकिन्छ ।’
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र अझै पनि चलायमान हुन नसक्दा राजस्व संकलनको लक्ष्य प्राप्तिमा भरतपुर महानगरलाई मुश्किल पर्ने बताए । ‘संघीय सरकारको राजस्व संकलन नै निराशाजनक देखिन्छ, विगतका वर्षमा घरजग्गा कारोबारबाट बढी राजस्व संकलन भएको थियो, अहिले यो क्षेत्रमा उत्साह छैन,’ उनले भने । घरजग्गा कारोबार बढ्न नसक्दा राजस्व संकलनमा ठूलो असर पर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार अहिले सबैजसो क्षेत्रको व्यापार व्यवसाय खस्किएको छ । ‘पोल्ट्री क्षेत्रदेखि निर्माण सामग्रीका व्यवसाय माथि उठ्न सकेको छैन, बजारका सटर खाली हुँदै गएका छन्,’ उनले भने, ‘यो अवस्थामा लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती हुनु स्वाभाविक नै हो ।’
भरतपुर महानगरपालिकाले कर संकलन हुने ठेक्का लगाउन बाँकी छ । महानगरले केन्द्रीय बसपार्कको ठेक्का आह्वान गरिसकेको छ । तर सम्झौता हुन सकेको छैन । सरसफाइको ठेक्का पनि सम्झौताको चरणमा पुगेको छैन । अर्थविद्हरूका अनुसार ठूला आयका ठेक्का समयमै नलाग्दा पनि राजस्व संकलनमा असर परेको हो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजस्व निर्धारित लक्ष्यभन्दा ३२ करोड १५ लाख रुपैयाँ कम संकलन गरेको थियो । १ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिएको भरतपुर महानगरपालिकाले २०७९/८० मा १ अर्ब १७ करोड ८५ लाख रुपैयाँ मात्रै उठाउन सकेको थियो । यद्यपि चालू आवमा गत आवको तुलनामा राजस्वको वृद्धि सकारात्मक देखिएको महानगरका राजस्व शाखा अधिकृत जयराम भण्डारीले बताए । ‘गतवर्ष लक्ष्यमा पुग्न सकेनौं, यसपटक राजस्वको वृद्धि सन्तोषजनक नै छ,’ उनले भने, ‘लक्ष्य हासिल हुने सम्भावना छ ।’
चितवन । जिल्लाका सातओटा पालिकाहरू चालू आर्थिक वर्ष (आव) ०७९/८० मा आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न असफल हुने देखिएका छन् । कोरोना कहरपछि आएको आर्थिक मन्दीका कारण चालू आवमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको स्थानीय पालिकाहरूले जानकारी दिएका छन् ।
भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब ५० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको जेठ ३० गतेसम्म महानगरपालिकाले ९६ करोड ५८ लाखमात्रै राजस्व संकलन गरेको छ । यस राजस्वमा घरजग्गा रजिष्टे«शन शुल्कलगायत सबै जोडिएको छ ।
महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले महानगरपालिकाले आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य अनुसार राजस्व असुली नभएको बताए ।
‘घरजग्गा कारोबार नहुनु, उद्योग व्यवसायहरू आर्थिक मन्दीको मारमा पर्नु, पूँजीगत खर्च कम हुनुलगायतका विविध कारणले राजस्व संकलनको लक्ष्यमा पुग्न सकेनौं । तर, भरतपुर महानगरपालिका लक्ष्यको नजिक पुग्न कोशिश गर्नेछ,’ अर्यालले भने ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १ अर्ब ७५ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ ।
रकम अभावका कारण योजनाहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि भरतपुर महानगरले गत माघ अन्तिममा पूरक बजेट ल्याएको थियो । तर पनि राजस्व संकलन बढ्न सकेन ।
महानगरले १२औं नगरसभामार्फत २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको थियो । महानगरले पूरक बजेट ल्याएसँगै भरतपुर महानगरको चालू आवको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, रत्ननगर नगरपालिकाले आन्तरिक लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले चालू आव २०७९÷८० का लागि ११ करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको बताए । ‘जेठ अन्तिमसम्म ९ करोड ५० लाख राजस्व आन्तरिकरूपमा संकलन भएको छ । तर, लक्ष्य अनुसार राजस्व संकलन गर्न गाह्रै छ,’ सुवेदीले भने ।
यस राजस्वमा पनि घरजग्गा रजिष्ट्रेशन शुल्क जोडिएको छैन । उनका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा रत्ननगर नगरपालिकाले ९ करोड ८१ लाख राजस्व संकलन गरेको थियो ।
देशमा आर्थिक मन्दी छाउनु, व्यापार व्यवसाय तथा उद्योगहरू फस्टाउन नसक्नु लगायतका कारणले आन्तरिक राजस्व संकलन कमजोर भएको उनले बताए ।
उनले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको बताए ।
यसैगरी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले चालू आर्थिक वर्षका लागि १५ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको बताए । जेठ अन्तिमसम्म घरजग्गा रजिस्टे«शन शुल्कसमेत गरी १२ करोड ५२ लाख ८८ हजार राजस्व संकलन भएको छ । ‘लक्ष्यनजिक त खैरहनी नगरपालिका पुग्छ । तर, लक्ष्य भेटाउन मुस्किल छ,’ उनले भने ।
यस्तै, कालिका नगरपालिका पनि आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न सक्ने अवस्था देखिँदैन । कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले पाँच करोड ४० लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको बताए । ‘जेठ महीनासम्म ४ करोड ९२ लाख राजस्व संकलन भएकोमा असार महीनामा उठेको राजस्व जोड्दा लक्ष्यको नजिक पुग्छौं भन्ने आशा छ,’ उनले भने । उनले हालको राजस्व संकलनमा घरजग्गा रजिष्ट्रेशन जोडिएको बताए ।
यसैगरी, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले लक्ष्यभन्दा निकै कम आन्तरिक राजस्व संकलन भएको बताए । नगरपालिकालाले १३ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिए पनि ९ करोड आन्तरिक राजस्व संकलन भएको उनको भनाइ छ । आन्तरिक विवादका कारण नगरपालिकाको आन्तरिक राजस्व संकलन लक्ष्यमा पुग्न नसक्ने देखिएको छ ।
यस्तै इच्छाकामना गाउँपालिकाको आन्तरिक राजस्व संकलनले पनि लक्ष्य भेटाउन सकेको छैन । इच्छाकामनाका लेखा अधिकृत उद्गम तिमिल्सिनाले चालू आवको लक्ष्य ७ करोड ६० लाख ३६ हजार ६१२ रहेको बताए । जेठको अन्तिमसम्म २ करोड ३५ लाख ४६ हजार ९० रुपैयाँ मात्र संकलन भएको छ । उनका अनुसार उक्त राजस्व संकलनमा घरजग्गा रजिष्टे«शन, भ्याट, अन्तःशुल्क, रोयल्टी जोडिएको छैन, जसका कारण लक्ष्य र संकलनमा धेरै अन्तर देखिएको छ ।
बाँकेमा चालु आर्थिक वर्षको वैशाखसम्म कुल २० अर्ब १६ करोड ६८ लाख ८९ हजार ५३५ रुपैयाँ राजस्व असुली भएको छ । जिल्लास्थित सरकारी भन्सार, आन्तरिक राजस्व, यातायात कार्यालयलगायतले उक्त राजस्व असुली गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म संघीय सरकारअन्तगर्तका कार्यालले १९ अर्ब ५० करोड राजस्व असुली गर्दा […]
विराटनगर । सआन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यभन्दा २२ करोड ६ लाख २२ हजार कम राजस्व कम संकलन भएको हो ।
गत आवको सो अवधिमा कार्यालयले तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो ।
कार्यालय गत आवको भन्दा २७ करोड ७० लाख ३० हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । कार्यालयले उठाएको राजस्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा शुल्क ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार रहेको छ ।
संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरबाट तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार असुली भएको कार्यालयले बताएको छ । रासस
माघ १०, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महीनामा कुल रू. चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले रू. चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रू. २२ करोड छ लाख २२ हजार राजस्व कम संकलन भएको हो ।
गएको आवमा सो अवधिमा रू. तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले रू. तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रू. दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो ।
कार्यालय गएको वर्षको सो अवधिमा संकलन गरेको राजस्वभन्दा रू. २७ करोड ७० लाख ३० हजार राजस्व बढी संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए ।
सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । कार्यालयले संकलित गरेको राजस्वमा आयकर रू. एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रू. ५० करोड २५ लाख आठ हजार, ब्याजकर रू. पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रू. एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रू. एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रू. ३० हजार र शिक्षा सेवा शुल्क रू. तीन लाख ४६ हजार छन् ।
संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रू. १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रू. १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रू. तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ । रासस
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा रु ५० करोड हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी रु ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो । कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ रु २५ करोड ८१ लाख र आयकरतर्फ रु २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य […]
पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७७-०७८ को पुस मसान्तरसम्म ६ महिनामा २ अर्ब १५ करोड ९१ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । २ अर्ब ५० करोड ८० लाख १६ हजार राजस्व संकलनको लक्ष्य भए पनि कोभिड–१९ ले गर्दा ८६.०९ प्रतिशतले राजस्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी […]
झापा-आन्तरिक राजस्व कार्यालय भद्रपुर प्रविधिमैत्री बन्दै गएसँगै पछिल्लो समयमा राजस्व संकलनमा पनि उल्लेखनीय योगदान गरिरहेको छ । मुलुक कोरोना महामारीको विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा पनि कर संकलन नघटेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ ।चालू आर्थिक वर्ष २०७७-०७८ मा ३ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले मंसिरसम्ममा १ अर्ब […]