आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा ६ महीनामा चार अर्ब राजस्व संकलन

माघ १०, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महीनामा कुल रू. चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रू. चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रू. २२ करोड छ लाख २२ हजार राजस्व कम संकलन भएको हो ।  गएको आवमा सो अवधिमा रू. तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले रू. तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रू. दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो । कार्यालय गएको वर्षको सो अवधिमा संकलन गरेको राजस्वभन्दा रू. २७ करोड ७० लाख ३० हजार राजस्व बढी संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए ।  सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । कार्यालयले संकलित गरेको राजस्वमा आयकर रू. एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रू. ५० करोड २५ लाख आठ हजार, ब्याजकर रू. पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रू. एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रू. एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रू. ३० हजार र शिक्षा सेवा शुल्क रू. तीन लाख ४६ हजार छन् । संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रू. १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रू. १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रू. तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

लक्ष्य अनुरुप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व...

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व […]

साउनमा ४४ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो एक महिना अर्थात साउनमा ४४ करोड ५३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयको ४० करोड ४० लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि साउनमा ११०.२२ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।कार्यालयले लक्ष्य […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदाशिन रहँदा बर्षेनी राजस्व छली आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न...

पोखरामा करिब ५ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व […]

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजस्व संकलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए