काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले भुटानी शरणार्थी काण्डका बारेमा आफ्नो धारणा स्पष्ट पारेको छ।अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र देशघाती भएको उल्लेख गरेको छ।विगतमा यस्ता कैयौँ घटना स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएको बताउँदै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।