काठमाडौं : अछामको विनायक नगरपालिकामा भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।दिनभर तनावग्रस्त अवस्था भएपछि साँझ अबेर प्रहरीले हवाइ फायर सहित अश्रु ग्याँस प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले थाहा खबरलाई जानकारी दिए।‘स्थिति सामान्य बनाउन प्रहरीले ८ देखि १० राउण्ड हवाइ फायर र ३ देखि ६ थान अश्रु ग्याँस प्रहार गरेको जानकारी आएको छ।’ उनले थपे, ‘छिमेकी जिल्ला बाजुराबाट पनि सुरक्षाकर्मी २५ जना जति मगाइएको छ।’पंचदेव विनायक