धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । उनीहरूले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मङ्गलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउन्ड हवाइ फायर […]