२७ असोज, मलेखु (धादिङ) । धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउन १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरेका हुन् । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ […]
२९ चैत, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । त्यसको ब्याज रकमबाट युनियनमा आबद्ध कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा हरेक वर्ष सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । कर्मचारी युनियनले सन्चालन गर्ने चिट्टा कार्यक्रम […]
काठमाडौं । नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतवार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रू. २५ लाखको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततिको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले सम्झौताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा रहेको बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको उनको भनाइ छ । सम्झौतामा प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला तथा अवकाश प्राप्त र शहीद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका दुई जेहेनदार विद्यार्थीलाई निःशुल्क पढाइने उल्लेख छ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुनेछ ।
सिमकोट – आमाको वार्षिक पुण्यतिथिको अवसरमा छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छ। विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न सो कोष स्थापना गरिएको हो। नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरिएको छोरा छिटुप लामाले जानकारी दिए। उनले स्वर्गीय […]
नेपाल प्रेस युनियन सुनसरी शाखाले पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारि
नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।
विमल विष्ट, डोटी । डोटी जिल्लाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवङ्गत आमा बुवाको नाममा रु एक लाखको अक्षय कोषको स्थापना गर्नु भएको छ । यहाँको जोरायल गाउँपालिका–४ देउथला स्थायी बसोबास भएका पत्रकार थापाले आफ्नी दिवङ्गत आमा कलसीदेबि थापाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा आफूले प्राथमिक तह […]
संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले ५ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ ।
बोन्पो लामाको संरक्षणका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर गुरुङले १ लाख कोष स्थापना गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आईजीपी गुरुङले मातापिताको नाममा १ लाख रुपैयाँको चेक तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरेका छन् ।
उनले गुरु...
२७ पुस, जनकपुरधाम । स्व. पत्रकार उमा सिंहको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले रु ५ लाखको अक्षय कोष स्थापना गरेको छ । मेयर लालकिशोर साहले उमा सिंहको स्मृतिमा अक्षय कोष स्थापना गर्ने घोषणा गत वर्ष नै गरेका …
उदयपुर : ज्येष्ठ नागरिकलाई उपचार तथा खानपिनका लागि अक्षय कोष स्थापना गरिएको छ। त्रियुगा नगरपालिका वडा नं. १० ले ज्येष्ठ नागरिक अक्षय कोषको स्थापना गरेको हो।
पारिवारिक विचलनकाकारण ज्येष्ठ नागरिकको उपचार तथा खानपिनमा भएको समस्यालाई कम गर्न तीन लाखको अक्षय कोष स्थापना गरिएको वडाध्यक्ष प्रकाशकुमार खड्काले जानकारी दिए। उनले भन...