काठमाडौं, जेठ ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा बेवास्ता गरेको देखिएको छ। चालु आर्थिक वर्षमा उच्च आयात हुँदा त्यसअनुसार विदेशी मुद्रा आर्जन नभएपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या आएको छ। एकातिर मुलुकसँग भएको विदेशी मुद्रा सञ्चिति घटेर आयात रोक्नुपर्ने अवस्था आएको छ भने […]