काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताए। ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । अहिलेको कोरोना भाइरस घातक र संक्रमणदर धेरै रहेको भन्दै उनले निषेधाज्ञामा थप कडाइ गरिने बताए। उनले कोरोना विरुद्धको खोप अभियानलाई पनि प्रभावकारी बनाइने पनि बताएका छन्। अन्तर्