गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आउँदो जनवरी २१ का दिन वार्षिक नीति तथा योजना तर्जुमाका लागि क्षेत्रीय भेलाको आयोजना गर्ने भएको छ । एनआरएनएको विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ४ को दफा ३ मा उल्लेखित क्षेत्रीय भेलाको प्रावधान बमोजिम जापानमा रहेका क्षेत्रीय समितिको भेला आयोजना गर्न लागिएको हो । …