अमेरिकी क्षेत्रका लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ का लागि तोकिएको छ । उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको थियो ।
एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समितिअन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा काम गर्ने विज्ञ समितिले सम्मेलनका लागि आठ क्षेत्र निर्धारण गरी हरेक क्षेत्रका विषय विज्ञहरूलाई सम्बन्धित विषयको ज्ञान गोष्ठीको सभापति समेत तोकेको छ ।