दिनको ६३२ मेगावाट बिजुली भारतीय बजारमा

नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता - NepaliPatra

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले विदाइ गरेकी हुन् । नेपाल– भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौँ आएका थिए । दुई दिनको भ्रमणको क्रममा नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । […]

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

काठमाडौं – लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो। साँझ ६:१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो। तिहारमा उद्योग, कलकारखाना बन्द हुने भए पनि […]

३६४ मेगावाट बिजुली भारत निर्यात गर्न सुरु, निजी क्षेत्रको बिजुली पनि पठाईयो

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दर बिक्री सुरु गरेको थियो ।भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो । गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र  जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.कोे लिखु–४बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।  पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताए ।‘स्वीकृत क्षमता अनुसारकै विद्युत निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ यो दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेका छौं, यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ, आगामी दिनमा थप विद्युत निर्यातको लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेका छौं, यसको नतिजा छिट्टै देखिनेमा आशावादी छौं ।’ उनले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए ।आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश ः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२  रुपैयाँ (७.१४ भारु) रहेको छ ।भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग प्रतिष्ठानमा दैनिक १२ घण्टासम्म अघोषित लोडशेडिङ भइरहेको उद्यमीले बताए । प्राधिकरणले नेपाललाई लोडशेडिङमुक्त घोषणा गरे पनि पछिल्लो समय देखिएको ऊर्जा संकटबाट यहाँका उद्योग बढी प्रभावित भएका छन् । बढी ऊर्जा खपत गर्ने र नियमित आपूर्ति चाहिने उद्योगको उत्पादन २५/३० प्रतिशतमा झरेको छ । ‘दिनहुँ १०/१२ घण्टासम्म बिजुली काटिन्छ । यस्तोमा कसरी उत्पादन सम्भव हुन्छ ?’ एक उद्योगीले आर्थिक अभियानसित गुनासो पोखे । प्राधिकरणको ३३ र ११ केभी लाइनबाट विद्युत् लिएका उद्योगमा आपूर्ति तुलनात्मक कम अवरुद्ध भइरहेको छ । ६६ केभीबाट लिएका उद्योगी बढी मारमा परेको बताइन्छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ६६ केभी लाइनमा जोडिएका उद्योगमा दिनको १२ घण्टासम्म लोडशेडिङ र ५/६ पटक ‘ट्रिपिङ’ भइरहेको बताए । अन्य प्रसारण लाइनबाट पनि आपूर्तिमा समस्या भइरहेको भनाइ गुप्ताको छ । ‘पछिल्ला केही वर्ष विद्युत्को सहज आपूर्तिका कारण उद्योग प्रतिष्ठानले क्षमता बढाएर उत्पादन थालेकोमा अहिलेको ऊर्जा अभावले समस्यामा परेका छन् । ऊर्जा समस्यामा झेलिरहेका यो कोरिडोरका उद्योगहरू अहिले क्षमताको २५/३० प्रतिशतमा सञ्चालन भइरहेका छन्,’ गुप्ताले भने । प्राधिकरणको ग्रीड सञ्चालन विभागका प्रमुख सुरेश भट्टराई भने अहिले देखिएको ऊर्जा अभाव अल्पकालीन भएको दाबी गर्छन् । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा देखिएको ऊर्जा संकटबाट नेपाल पनि प्रभावित भएको भट्टराईले बताए । ‘यो १२/१५ दिनदेखिको समस्या हो । चाँडै समाधान हुन्छ । तर, हामीकहाँ प्रसारण लाइनको समस्या पेचिलो बन्दै गएको छ,’ उनले भने । अधिक भारका कारण विद्युत् कट्ने समस्या आएको प्राधिकरणले बताएको छ । योजनामा राखिएका १३२ देखि ४०० केभीसम्मका प्रसारण लाइनलाई चाँडो निर्माण नगरिए भविष्यमा ऊर्जा पर्याप्त भए पनि आपूर्ति अवरुद्ध हुन सक्ने भट्टराईको भनाइ छ । प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झा पनि प्रसारण लाइनमा बढी भारका कारण आपूर्तिमा समस्या थपिएको बताउँछन् । परवानीपुर–रक्सौल १३२ केभी प्रसारण लाइनमा बढी भारका कारण पटकपटक विद्युत् काटिने समस्या देखिएको उनले बताए । बारा–पर्सा कोरिडोरका अधिकांश उद्योगमा भारतबाट यही प्रसारण लाइनमार्फत भित्रिएको बिजुली आपूर्ति भइरहेको छ । कोरिडोरमा खपत हुनेमध्ये ९० मेगावाट विद्युत् यही लाइनबाट आउँछ । प्राधिकरणले परवानीपुर–रक्सौलमा थप १३२, हेटौंडा–ढल्केवर ४०० केभी, हेटौंडा–इनरूवा ४०० केभी, हेटौंडा–बर्दघाट २०० केभी प्रसारण लाइनको निर्माण अघि बढेको जानकारी भट्टराईले दिए ।   पटकपटक विद्युत् आपूर्ति काटिँदा उद्योग प्रतिष्ठानको कच्चा पदार्थ खेर जाने र विद्युत्को महसुल पनि बढी उठिरहेको उद्यमी बताउँछन् । यसले उत्पादनको लागत वृद्धि हुनुका साथै गुणस्तरमा ह्रास आइरहेको उनीहरूले बताए ।

२० युनिट बिजुली छुट : ६५ प्रतिशत डेरावाललाई लुतो न कन्याइ !

सरकारले मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकबाट महसुल नलिने घोषणा गरेको छ । यसअघि १० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउँदै आएको सरकारले मङ्सिर १ गतेदेखि यो सीमा थप १० युनिट बढाउँदै २० युनिटसम्म पुर्‍याएको हो ।हाल नेपालमा १३५० देखि १४०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । दिनको समयमा १०० र रातको समयमा २५० मेगावाटसम्म विद्युत् खेर गइरहेको छ । नेपाल विद्युत् प्राधिकरण अब जलविद्युत विकास गर्न आउने नयाँ प्रवर्द्धकसँग ऊर्जा खरिद सम्झौता (पीपीए) नै गर्ने कि नगर्ने

लक्ष्मीपूजाको दिन पनि नेपालमा 'मागभन्दा बढी बिजुली' - BBC News नेपाली

गत वर्ष लक्ष्मीपूजाको दिनको झन्डै ११ सय मेगावाट विद्युत् खपत भएकाले यसपालि १२ सयदेखि १५ सय मेगावाट खपत हुनसक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :

असार १७, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमवार (असार २१ गते) देखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।  कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।  सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ । एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू. ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू. ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार नोक्सानी व्योहोरेको थियो । गत आवको तुलनामा भने नोक्सानी कमी भएको हो ।  कोभिड -१९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने जगेड कोष रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २० पुगेको छ ।