नेपालकै औद्योगिक क्षेत्रमा बिजुली अभाव, तर किन 'सस्तो मूल्यमै' बेच्न थालियो भारतलाई

नेपालले भारतीय ऊर्जा बजारमा बिजुली बेच्न थालेको छ। तर पूर्वाधारका अभावमा देशभित्रैका प्रमुख औद्योगिक क्षेत्रमा झन्डै १,००० मेगावाट विद्युत् अभाव भइरहेको अधिकारीहरूले बताएका छन्।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार नेपालका वीरगन्ज, विराटनगर र भैरहवाका औद्योगिक कोरिडोरमा बिजुलीको उच्च अभाव छ।'हामीकहाँ अहिले विद्युत् प्रसारण पूर्वाधार राम्रो भएको भए बेच्नुपर्ने अवस्था नै आउने थिएन,' उनले भने।तर मङ्गलवार रातिबाट नेपालले ३९ मेगावाट विद्युत् भारतलाई बेच्न सुरु हुनुलाई नेपाली अधिकारीहरूले दुई देशबीचको ऊर्जा व्यापारमा 'कोसेढुङ्गा' को सङ्ज्ञा दिएका छन्।अहिलेसम्म नेपाल-भारतबीच एकअर्कालाई विद्युत् बढी वा कम भएका बेला लेनदेन मात्र हुनेगर्थ्यो।मूल्य कतिहाललाई भारतीय लगानीकर्ता वा भारत सरकारको लगानी भएका परियोजनाबाट उत्पादन हुने विद्युत् मात्र भारतीय बजारले लिने बताइएको छ।त्यसअनुसार इन्डियन एनर्जी एक्सेन्ज लिमिटेडमा विद्युत् विक्री गर्न त्रिशूली र देवीघाट विद्युत्‌गृहबाट उत्पादिन बिजुलीका लागि स्वीकृति पाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।त्रिशूलीको विद्युत् उत्पादन क्षमता २४ मेगावाट र देवीघाटको १५ मेगावाट छ।विक्रीदर भने भारतको 'माग र आपूर्ति चक्रले स्वचालित रूपमा' तय गर्ने भएकाले कुनै बेला निकै सस्तोमा समेत बेच्नुपर्ने हुने प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन्।'ऊर्जा खेर जानुभन्दा बेच्दा फाइदा हुन्छ भन्ने हिसाबले हेर्नुपर्छ,' उनी भन्छन्।'कुनै बेला उच्च मात्रा विद्युत् आवश्यक भएर महँगोमा बोलपत्र आह्वान गरे पनि बजारले तय गर्ने 'क्लीअरिङ मूल्य' नै सबैले तिर्नुपर्ने हुन्छ। कम मूल्य प्रस्ताव गरिएमा चाहिँ विद्युत् नपाउने जोखिम हुन्छ।'प्रक्रिया कस्तोऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले ऊर्जा बजारबाट नेपालले विद्युत् किन्ने अवस्थामा समेत सोही सूत्र लागु हुने बताए।त्यसका लागि नेपालले यसअघि नै अनुमति पाइसकेको छ।मन्त्रालयका भेटवाल भन्छन्, 'तर अहिलेसम्म हामीले मध्यकालीन र केही लामो समयका लागि व्यापारका हिसाबले भारतबाट विद्युत् ल्याउने गरेका थियौँ। ऊर्जा एक्सेन्जबाट ल्याउनलाई अब त्यसैगरी दिनदिनै बिडिङ गर्नुपर्छ।'यस प्रक्रियाअन्तर्गत अघिल्लो दिन मूल्यमा प्रतिस्पर्धा गरेर बजार छिर्दा अर्को दिनको लागि प्रत्येक १५ मिनेटको ९६ वटा समयविभाजनमा फरकफरक मूल्य हुन सक्ने बताइएको छ।बिजुली विक्री भएको बिजुलीको मूल्य मङ्गलवार प्रतियूनिट सस्तोमा १.९९ भारतीय रुपैयाँ र महँगोमा ४ भारतीय रुपैयाँ थियो।क्षमता कतियससँगै उत्पादनका तुलनामा नेपालमा विद्युत् उत्पादन बढी भएको बेला विद्यमान पूर्वाधारबाट भारतमा ३५० मेगावाटसम्म विद्युत् विक्री गर्न सकिने प्राधिकरणका अधिकारीहरूको अपेक्षा छ।यस वर्षको शरद्‌याममा नेपालको केन्द्रीय प्रसारण लाइनमा झन्डै २,००० मेगावाट बिजुली प्रवाह हुने गरेको पनि माग केवल १,५०० मेगावाटजति रहेको अधिकारीहरूले बताउने गरेका थिए।सो अवधिमा ५०० मेगावाटजति विद्युत् खेर गएको बताइन्छ।नेपाली लगानी भएका तामाकोशी, भोटेकोशी, मर्स्याङ्दीजस्ता परियोजनाबाट उत्पादन हुने बिजुली बेच्न पाउनका लागि प्रस्ताव गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल भन्छन्, 'भविष्यमा हामीले करिबकरिब ७०० मेगावाटका लागि प्रस्ताव गरेका छौँ।''हिउँदमा हामीले अझै एक-दुई वर्ष आयात नै गर्नुपर्ने हुन्छ। वर्षायामका लागि यसले अवसर खोलेको छ।' -बिबिसीबाट 

सम्बन्धित सामग्री

सुख्खायाममा बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा : मन्त्री बस्नेत

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ बराबर हुने भन्दै उनले यसको उपयुक्त विकल्प सौर्य ऊर्जा नै भएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य […]

बिजुलीको अभाव झेल्दै आएको भारत यसकारण किन्दैन नेपालको बिजुली

काठमाडौं, असोज २७ । छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ। पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका […]

नेपालको सबै बिजुली किन किन्दैन भारत ?

छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ।पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका 'आलटाल'मा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेक

हटेन बिजुली अभाव

नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा चौबिसै घण्टा बिजुली कटौती गर्न थालेको छ । आन्तरिक उत्पादनले माग नधान्ने र भारतबाट पनि बिजुली नआउने भएपछि उद्योगहरूको विद्युत् लोड काटिएको हो । बिजुली पाउन छाडेपछि निजी क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन् । पर्याप्त लोड उपलब्ध गराउनुपर्ने वा लोड कटौतीसम्बन्धी पूर्वजानकारी उद्योगहरूलाई दिइनुपर्ने उद्योगी–व्यवसायीहरूको माग छ ।

भारतमा उर्जा संकट, नेपालमा बिजुली अभाव

काठमाडौं । भारतमा ऊर्जाको चरम संकट हुँदा नेपालमा पनि बिजुली अभाव सिर्जना भएको छ । भारतले नेपालमा आपूर्ति हुँदै आएको बिजुली उल्लेखनीय रुपमा कटौती गरेको छ । यसको सिधा मार नेपालका उद्योगहरूमा परेको छ । भारतको ऊर्जा बजारमा बिजुली अभाव भएपछि नेपालले पाँच सय मेगावाटको बिड प्रतिस्पर्धा गर्दा मुस्किलले सय मेगावाट मात्र पाउन थालेको छ […]

भारतबाट बिजुली नपाएपछि नेपालका उद्योगमा रातभर लोडसेडिङ

भारतीय बजारमै बिजुली अभाव भएपछि महँगो मूल्य तिर्दा पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली पाउन छोडेको छ । विद्युत् आपूर्तिकर्ता (सप्लायर) नै नभएपछि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट महँगो मूल्यमा पनि बिजुली पाउन छोडेको प्राधिकरणले जनाएको छ ।

बिजुली अभाव भए सरकारलाई तालाचाबी बुझाउने उद्योगीको चेतावनी

नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले औद्योगिक क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबारदेखि भारतबाट बिजुली नआउँदा उद्योगहरु बन्द गर्नुपरेको र दैनिक करोडौंको घाटा व्यहोर्नुपरेको भन्दै परिसंघले कुटनीतिक पहल गरी भारतबाट बिजुली ल्याउन सरकार र विद्युत प्राधिकरणसँग माग गरेको छ ।

तिहारमा बिजुली अभाव हुँदैन, निर्धक्कका साथ झिलिमिली गर्दा हुन्छ : कुलमान

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् । उनले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने समेत बताएका छन्।

कुलमानले भने, ‘तिहारमा बिजुली अभाव हुँदैन, विद्युतीय उपकरण नै प्रयोग गरौँ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनैपनि अभाव नहुने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङले मागभन्दा बढी बिजुली उत्पादन भईरहेकाले तिहारमा अभाव नहुने बताएका हुन् । हाल दिउँसोको समयमा २ सय मेगावाट र रातीको समयमा ५ सय मेगावट विद्युत खपत भईरहेको र तिहारमा १५ सय मेगावाटभन्दा माथि खपत नहुने कुलमानको दाबी छ । उनले माग अनुसार बिजुली उपलब्ध गराउन प्राधिकरण तयार रहेको भन्दै सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ‘मागभन्दा उत्पादन धेरै छ, लोडसेडिङ गने अवस्था आउँदैन’ उनले भने, ‘निर्धक्क भएर तिहारमा सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न म आग्रह गर्दछु ।’उनले खाना पकाउँदा ग्याँसको सट्टा बिजुली प्रयोग गर्न आग्रह गर्दै ग्याँसको सट्टा बिजुली प्रयोग गर्दा उपभोक्तालाई ४० प्रतिशत सस्तो पर्ने पनि दाबी गरेका छन् ।