सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो नगरभित्रका बस्तीमा बाढीबाट ठूलो क्षति भएको भन्दै सहयोगका लागि अपिल गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरेको हो ।
जसका लागि नगरपालिकाले ५० लाख जम्मा गरी ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ खडा गरेको छ ।
सूचनामा भनिएको छ,‘यस संकटको घडीमा यस नगरपालिकालाई सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, सरकारी एवम् गैर सरकारी निकाय, स्थानीय तहहरूले नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको कोषको ...